images
images
  • कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जना पक्राउ

    विराटनगर– आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको सो कार्यालयले जनाएको हो ।

    पक्राउ पर्नेमा विराटनगरका लक्ष्मण कुमार पण्डित छन् । पण्डितले आर्थिक वर्ष २०७८/०७९ मोरङको ग्रामथान गाउँपालिका–७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । उनले त्यसबापत कति रकम लिए भन्ने खुलिसकेको छैन ।

    पण्डितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images