images
images
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार दाेलखा जाने

    काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार दाेलखा जाने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकाे जिल्ला भेलामा सहभागी हुन लामिछाने सहितका टाेली दाेलखा जाने भएका हुन् ।

    दाेलखाकाे सदरमुकाम चरिकाेटस्थित सातदोबाटोमा बुधबार साढे १२ बजे भेला हुने आयाेजकले जनाएकाे छ।

    ‘आम दाेलखाका न्यायप्रेमी जनताहरुलाई भेलामा सहभागी हुन सबैमा अनुराेध गर्दछौं’, सभापति लामिछानेले भने,  तपाईंका समस्या सुन्न हामी बुधबार साढे १२ बजे चरिकाेटस्थित सातदोबाटोमा आदैँ छौं।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images