काठमाडौं– मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । मंगलबार कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले एक कार्यक्रमबीच सहायक कम्पनीहरुको उद्घाटन गरेको हो ।
मुक्तिनाथ सिड बैंक लि, मुक्तिनाथ फर्टिलाईजर बैंक लि, मुक्तिनाथ नर्सरी बैंक लि, मुक्तिनाथ लाइभस्टक बैंक लि, मुक्तिनाथ हर्बल बैंक लि, मुक्तिनाथ फूड बैंक लि, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि र मुक्तिनाथ ट्रेडिङ लि गरेर ८ वटा सहायक पब्लिक कम्पनी उद्घाटन गरिएको हो ।
कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित सहायक कम्पनीको सुरुवात गरिएको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्






















