images
images
  • सामाजिक सञ्जालमा आफूविरुद्ध गलत भिडियो सार्वजानिक गरेको भन्दै महेश बस्नेत साइबर व्यूरोमा उजुरी गर्ने तयारीमा

    काठमाडौं– एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले आफूविरुद्ध गलत प्रचार भएको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी गर्ने तयारीमा छन्।

    सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय चुनाव अघि उम्मेदवार मनोनयन दर्ता गर्ने समयमा माओवादी कार्यकर्ताहरु टिकटको कुरालाई लिएर आफैं आफैं बीचमा कुटपिट गरेको भिडियो सार्वजानिक गरी महेश बस्नेतलाई लखेटियो भन्ने भ्रम फैलाएकाले त्यसको कानुनी उपचार खोजिने बताएका हुन्।

    बस्नेतको चरित्र हत्या गर्ने गरी उक्त भिडियो केशव थुलुङ नाम गरेका सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताबाट भर्खरैमात्र सार्वजानिक भएको छ, यो भ्रम फैलाउने प्रोपोकाण्डा हो। यसको कानुनी उपचार खोज्ने तयारी भएको छ’, युवा संघ नेपालका सचिवालय सदस्य निरोज पौडेलले भने।

    ‘यो साईवर अपराध हो। यसको तत्काल कानुनी उपचार खोजिने छ, यस्ता कुकर्म तत्काल वन्द गर्न चेतावनी दिन चाहन्छौँ, पौडेलले भने

    प्रतिक्रिया दिनुहोस्
    images
    images