images
images
  • काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट सुरज पाण्डे र केशव रेग्मी सिफारिस

    काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं ५ मा प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) बाट सुरज पाण्डे (कालो बाहुन) र केशव रेग्मी सिफारिस भएका छन् । आज (सोमबार) आयोजित सम्भावित उम्मेदवार चयन कार्यक्रमबाट संघिय निर्वाचनका लागि पाण्डे र रेग्मी सिफारिस भएको क्षेत्रिय​ अध्य​क्ष​ न​बिन खड्काले बताए ।

    राप्र​पाका उपाध्यक्ष​ त​था स​चिवाल​य​ प्र​मुख​ हेम ज​ङ गुरुङको प्र​मुख​ आतिथ्य​तामा भएको उम्मेद​वार छ​नौट कार्यक्रममा उपस्थित अधिकांशले सुरज पाण्डे (कालो बाहुन) लाई नै समर्थन जनाएका छन् । रास्ट्रिय​ युवा मोर्चाको केन्द्रिय​ संयोजक समेत रहेका पाण्डे त्यस क्षेत्रमा लोकप्रिय छन् । पार्टीमा लामो समय देखि सक्रियताका साथ काम गरिरहेका पाण्डे युवा माझ चिरपरिचित छन् ।

    युवा र लोकप्रिय भएकै कारण अन्य दलका उम्मेदवार संग टक्कर लिन सक्ने क्षमता भएकाले पाण्डे नै उम्मेदवारमा चयन हुनु पर्ने कार्यक्रममा उपस्थीत अधिकांशको धारणा रहेको छ ।

    kk1

    साथै केशव रेग्मीले पनि आफूले पार्टीलाई लामो समय सम्म सक्रिय रुपमा काम गरेर योगदान दिदैँ आएको र हाल सम्म कुनै पनि पदको लोभ नगरेकाले यस पटक उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी दिनहरु देशको लागि काम गर्नको लागि आफुले उम्मेदवारी दिन लागेको उनले बताए ।

    त्यस्तै, क्षेत्र नं ५ को समानुपातिक तर्फ चन्द्र बहादुर गुरुङ, सृजना रानि वर्मा, अम्बिका देवि थापा, पुरुषोत्तम दंगाल, रामेश्वर पौडेलले उम्मेदवारीको लागि आफ्नो दर्ता गरेका छन् । प्रत्यक्ष तर्फ उम्मेदवारी दिने निर्णय गरेका रामेश्वर पौडेलले आफू समानुपातिकमा रहेर प्रत्यक्षमा सुरज पाण्डेलाई समर्थन जनाएका छन् ।

    kk2

    क्षेत्र नं ५ प्रदेश (क) को प्रत्यक्ष तर्फ अमित थापा मगर र राजेन्द्र प्रजापतिले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै, प्रदेश (ख) को प्रत्यक्ष तर्फ क्षेत्रिय​ अध्य​क्ष​ न​बिन ख​ड्का र सुसन​लाल श्रेष्ठ सिफारिसमा परेका छन् । समानुपातिक तर्फ सागर बस्नेत, भरत के.सि, दुर्गा पौडेल, कमल गुरुङ, रानु परियार, सावित्रा क्षेत्रि, विष्णुहरी उपाध्याय र कमला पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । साथै प्रदेश (क) को समानुपातिकमा सरु खड्का थापा मगरले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

    kk3

    प्रतिक्रिया दिनुहोस्
    images
    images