images
images
  • काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिदैँ बिजय कँडेल

    धन कमाउन अष्ट्रेलिया पुगेका कँडेल एकवर्षमै नेपाल फर्के र त्यहाँ सिकेको प्रविधिको प्रयोग गरी सफल व्यवसायीका रुपमा स्थापित भए काठमाडौं प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलका नेताहरु उम्मेदवारीका लागि दौडधुपमा छन् । कुनै दलसँग नजोडिएकाले कतिपय देशप्रेमी र विकासप्रेमी युवाहरु भने मंसिर ४ मा हुने चुनावमा स्वतन्त्र रुपमा दलका नेतालाई चुनौति दिने तयारीमा जुटिसकेका छन् ।

    चुनावी मैदानमा उत्रने घोषणा गरेका मध्ये एक हुन् सफल युवा व्यवसायी बिजय कँडेल । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रने घोषणासँगै कँडेल आन्तरिक तयारी गरिरहेका छन् । पछिल्ला दिनमा दैनिकजसो घरदैलो, मतदाता भेटघाट तथा चुनाव प्रचार प्रसारमा जुटेका कँडेलले आफू विजयी हुनेमा विश्वस्त छन् ।

    जीवनको संघर्षमा अविचलित, लगनशील र विकसित विश्वका विभिन्न देशको राजनीतिबारे जानकार कँडेल पिता हरिभक्त कँडेल र आमा खगेन्द्रकुमारी कँडेल (कुमारी) को कोखबाट २०४१ साल असोज १८ मा नवलपरासीको सुस्ता–४ स्थित सुकुम्वासी टोलमा जन्मिएका हुन् । निम्नबर्र्गीय किसान परिवारमा जन्मिएका कारण कँडेलको प्रारम्भिक बाल्यकाल आर्थिक अभाव र समस्यै समस्याबीच बित्यो । त्यतिबेला उनी घरायसी तथा खेतीपातीको काम सकेर विद्यालय जाने गर्थे ।

    सानो कक्षादेखि नै पढाइमा अब्बल कँडेल मेहनेती र लगनशील स्वाभावका थिए । त्रिभुवन मावि बेलाटारीबाट २०५८ सालमा १० कक्षा (एसएलसी) उत्तीर्ण गरेपछि कँडेलले काठमाडौं आएर कक्षा ११ मा भर्ना हुने सपना देख्थे । तर उनको सपना परिवारको आर्थिक स्थिति बाधक बनेर उभियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्रिभुवन उच्च माध्यामिक विद्यालय भर्ना भएका कँडेलले २०६१ मा १२ कक्षा उत्तीर्ण गरे । त्यसलगत्तै घरव्यवहार सम्हाल्ने र भविष्यको चिन्ताले रुमलिएका कँडेल हुँदा खानेबाट हुनेखाने बन्ने सपना बोकेर २०६२ सालमा बाबुको इच्छा विपरित राजधानी हानिए ।

    १७ बर्षअघि आमाले दिएको ५ सय रुपैयाँ बोकेर काठमाडौं पसेका कँडेलको गोजीमा राजधानी आइपुग्दा १३० रुपैयाँ बाँकी थियो । परिवारको नाजुक आर्थिक अवस्थाका कारण राजधानी छिरेका कँडेल अन्जान सहरमा एक्लै भौतारिन थाले । निम्न वर्गीय परिवार भएपनि दुःखसुख दुई छाक टार्दै आएका कँडेल राजधानी आएपछि भने कतिपय रात भोकभोकै परे । यसरी जीवनको कलिलो उमेरमा नै अनेकौं दुःखपूर्ण ठक्कर खाएका कँडेल अविचलित भएर अडानका साथ आफ्नो कर्ममा लागिरहे । काठमाडौं आएपछि पेट पाल्नैका लागि कामको खोजीमा भौतारिँदा भौतारिँदै मुस्किलले साँचो बनाउने काम पाए । उनको मुहारमा केहि हदसम्म भएपनि खुशीयाली छाएको थियो त्यतिबेला । सम्भवतः काठमाडौंको खाल्डोमा पहिलोपटक पसेपछि ।

    मासिक ५ सय रुपैयाँ तलबमा काम थालेका कँडेलले स्नातक तह पढुन्जेल त्यहि काम गरे । पेट पाल्ने संघर्षबीच पनि कँडेलले आफ्नो पढाईलाई भने निरन्तरता दिए । उनले अंग्रजी साहित्यमा स्नातकोत्तरसम्म पूरा गरिसकेका छन् । स्नातक तहको पढाई सकिएपछि उनी अष्ट्रेलिया पसे । नेपालमाको तुलनामा विदेशमा पैसा कमाउन सजिलो हुने सुनेका कँडेल साहुसँग ऋण काढेर अष्ट्रेलिया पुगेका थिए । तर बिडम्बना, ४ महिनासम्म काम पाएनन् । ब्याज थपिंदै गएपछि तनावमा परेका कँडेलले मासु काट्ने तालिम लिएर काम थाले । एक बर्षमै नेपाल फर्किए लामो समय काम नपाएर भौतारिनु परेको पीडा र अष्ट्रेलियामा नेपालीले भोग्नुपरेको दुःखलाई नजिकबाट नियाल्न बाध्य भएका कँडेल आफ्नो अष्ट्रेलिया बसाइलाई बीट मार्दै एक वर्षमै नेपाल फर्के गरे ।

    ‘विदेश मेरो लागि होइन भन्ने लाग्यो, नेपालीहरुलाई हेलाको दृष्टिले हेर्ने लगायत कुराहरुले मलाई बस्न मन लागेन,’ कँडेल भन्छन्, ‘नेपालमा व्यवसायीक क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ, पहिला आफ्नो घर नै बनाउनुपर्छ, मेरो घर भनेको नेपाल हो, म नेपाल बनाउँछु, देशमा व्यावसायिक र आर्थिक क्रान्ति ल्याउँछु भनेर स्वेदश फर्किएँ ।’ नेपाल फर्केपछि अष्ट्रेलियामा सिकेको प्रविधि प्रयोग गरेर कँडेलले दश वर्षअघि हाइजेनिक मिट सेन्टर नामक व्यवसाय सुरु गरे । हाल काठमाडौं उपत्यकाकामा मात्र ५ स्थानमा सञ्चालनमा रहेको उनको व्यवसाय अष्ट्रेलियन टेक्नोलोजीमा आधारित छ । कँडेलले हालसम्म भारत, चीन, हङकङ, मकाउ, मलेसिया, सिंगापुर, थाइल्याण्ड, अष्ट्रेलिया, हंगरी, जर्मनी, अष्ट्रिया, इटालीलगायत दर्जभन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।

    सानैदेखि संवेदनशील र भावुक थिए, कँडेल । कर्ममा विश्वास राख्ने र लगनशीलता कँडेलको जीवनबाट अलग हुनै नसक्ने गुण नै हो । त्यसैले कँडेल जति बौद्धिक छन्, त्यति नै अन्तर्मुखी स्वभावका पनि छन् । सानैबाट सक्रिय रुपमा समाजसेवामा लागेका कँडेलले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यासीहरुको तुलनामा कँडेलको बौद्धिकता र परिवर्तनको भोक उचों देखिन्छ । कँडेल जीवन र जगतको सुझबुझमा अब्बल कँडेल भन्छन्, ‘यतिन्जेल आफ्ना लागि मेहनत खटें, अब देशका लागि खट्ने समय आएको छ ।

    ’ देशविदेशको भ्रमण गरेका गरेका कँडेल विश्व राजनीति, अर्थतन्त्र, कुटनीति लगायत विषयमा राम्रो जानकारी राख्छन् । ‘औपचारिक शिक्षा जीवनको महत्वपूर्ण पाटो हो । तर बौद्धिकताका लागि व्यावहारिक ज्ञानका लागि विविधि विषयको अध्ययन र अनुभव अत्यावश्यक छ,’ उनी भन्छन् । कँडेल बौद्धिकता, आकर्षक व्यक्तित्व र व्यावसायिक सफलताबाट जो कोहीलाई जीवनमा सफलताको सुत्र पहिल्याउन सहयोग पुग्नेमा दुईमत छैन । कँडेलको सफलता र अनुभवबाट कुनै एक व्यक्तिले मात्र होइन, देशले नै लाभ लिन सक्नेमा शंका छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images