images
images
  • भान्सामा साङ्लाले हैरान पारेको छ? यी हुन् छुटकारा पाउन जान्‍नैपर्ने घरेलु उपाय

    काठमाडौं- साङ्लाहरुले घरको सौन्दर्य बिगार्ने काम गर्छन् र घरधनीलाई इर्रिटेट गरिरहेका हुन्छन्। साङ्ला विभिन्‍न किसिमका रोगहरुको वाहक पनि हो । यी साङ्लाहरुको सामना गर्न र यसबाट उन्मुक्ति पाउन केहि घरेलु उपचार विधीको अवलम्बन गर्नु अनिवार्य रहन्छ ।

    कल्पना गर्नुहोस् कि तपाईं रातको १(२ बजे निन्द्राबाट बिउझिएर पानी प्यास लागेर भान्सामा पानी पिउनको लागि जानुभयो र त्यहाँ भान्साको सफा स्ल्याबमा साङ्लाहरु कुदिरहेका छन् । यस्तै बत्तीको स्वीच अन गर्न खोज्दा त्यसमा पनि साङ्ला नाचिरहेका छन् । यस्तो देखेपछि पक्कै पनि तपाईंलाई छटपटि हुन्छ र राम्रोसँग निदाउन पनि सक्नुहुन्‍न । तपाईंले सोच्‍नुपर्छ कि के कारणले गर्दा यी साङ्लाहरुले तपाईंको भान्सा कोठा ओगटेर बसेका छन् ।

    हामी तपाईंलाई साङ्ला सम्बन्धि तथ्य र कसरी यसबाट छुटकारा पाउन सकिन्छ भन्‍ने बारेमा बताउन गइरहेका छौं ।

    भान्साकोठामा साङ्ला
    साङ्लाले भान्सामा हामीले फालेका खानेकुराहरु खान्छ । खाएर त्यसले तपाईंको भान्सा कोठामा मलमुत्र बिसर्जन गरी फोहोर पार्ने काम गर्छ । यो किराले न्यानो, ओसिलो र अध्यारो वातावरण बढि रुचाउँछ । यसले धेरै चीजमा हानी पुर्याउँछ र दुर्घन्ध पनि फैलाउँछ । यसले खाने भनेको वनस्पतीजन्य पदार्थ, मासुजन्य पदार्थ, कागज, कपडा, अन्य स–साना किराहरु आदि हुन् । साच्चै भन्‍नुपर्दा साङ्लाले काँक्राबाहेक सबथोक खाने गर्छ ।

    साङ्ला किन हानीकारक छ रु
    साङ्लाले फोहोर र दुर्गन्ध बढाउनुको साथै विभिन्‍न किसिमका रोगहरु सार्ने काम पनि गर्छ । संवेदनशील व्यक्तिलाई यसले एलर्जीको समस्या उत्पन्‍न गराउँछ । साङ्ला झाडापखाला, हैजा, टाइफाइड, ज्वरो आदि रोग लगायत अन्य सरुवा रोगको संवाहक हो ।

    भान्साकोठामा साङ्ला आउन नदिने उपाय ?
    एउटा लोकप्रिय भनाई नै छ ‘उपचार भन्दा राम्रो रोकथाम हो’ । त्यस अनुरुप हामीले गर्नुपर्ने पहिलो काम भनेको हामी यो कुरामा निश्‍चित हुनुपर्छ कि साङ्लाहरु घर भन्दा बाहिर नै छन् र घर अथवा भान्सामा त्यसलाई आउने बाटो छैन । यसरी साङ्लालाई रोक्नको लागि केही व्यवहारिक कार्यहरु गर्नुपर्छ ।

    • घरको भित्ता र भुइँ बिच दुरी नराख्‍नुहोस् । खाली ठाँउ छ भने त्यसलाई राम्रोसँग पानी समेत पस्‍न नमिल्ने गरी बन्द गर्नुहोस् ।
    • चर्किएका भित्ता र पाइपहरु मर्मत गरी त्यसलाई टाल्नुहोस् ।
    • झ्यालका चौकसहरुमा भएका खाली ठाँउहरु टाल्नुहोस् ।
      फर्निचरको पछाडि वा मुनि साङ्ला लुक्ने भएकोले बेलाबेलामा त्यसलाई हटाएर सफा गर्नुहोस् ।
    • जुठा भाडाकुडाहरु भान्सामा त्यसै नछोड्नुस् ।
    • सिंकको वरपर राम्रोसँग सफा गर्नुहोस् ।
    • सिंकको चारैतिर खाली ठाँउ नरहने गरी टाल्नुहोस् ।
    • भान्साकोठा सफा राख्‍नको लागि बेलाबेलामा कुचो लगाई मप गर्नुहोस् ।
    • साङ्ला फोहोरमा बढि देखिने हुदा डस्टबिनमा फोहोर धेरै कोचेर भाडा भन्दा अग्लो बनाएर नराख्‍नुहोस् । डस्टबिन भरीएपछि फोहोर एउटा झोलामा खनाएर त्यसलाई राम्रोसँग बाधेर व्यवस्थापन गर्नुहोस् र डस्टबिनको ढकनी सधै बन्द राख्‍नुहोस् ।

    साङ्ला हटाउने उपायहरु
    साङ्ला विभिन्न रोगको कारक तत्वमात्र नभएर यसले वातावरणलाई पनि अस्वस्थ र फोहोर बनाउँछ । अर्को खराब तथ्य यो हो कि तिनीहरु उड्न पनि सक्छन् । यसका साथै यीनीहरु चाँडै भयानक दरमा बढ्ने र फैलने भएकोले सक्दो चाँडो यसलाई नियन्त्रण गर्नु महत्वपूर्ण हुन्छ । यहाँ केहि घरेलु उपचार विधीहरु छन् जसको प्रयोगले धेरै हदसम्म साङ्लासँग लडि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

    • बोरीक एसिड, चिनी र गहुको पिठोको मिश्रण बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।
    • सिलिका जेल र चिनीको मिश्रण ९३स्१ को अनुपात० बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।
    • २५० मि.लि. पानीमा दश थोपा पुदिनाको तेल मिसाएर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् (छर्कनुहोस्) ।
    • मरीचको धुलो, पिसेको लसुन र प्याजलाई एक लिटर पानीमा घोलेर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् ९छर्कनुहोस्० ।
    • नीमको पातलाई पानीमा घोलेर साङ्ला आउने ठाँउमा छर्कनुहोस् ।
    • एक लिटर पानीमा चार चम्चा डिटरजेन्ट पाउडर मिसाएर साङ्लालाई सिधै छर्किदिनुहोस् ।
    • टिनको भाडोमा केहि टुक्रा काक्रो राख्नुहोस् । यसो गर्दा रासायनिक प्रतिक्रियाले गन्ध उत्पन्‍न हुन्छ जुन साङ्लाको लागि हानिकारक साबित हुने गर्छ ।
    • तेजपत्तालाई धुलो बनाएर साङ्ला आउने ठाँउमा छर्नाले त्यसको गन्ध सहन नसकि साङ्ला आफै हराउदै जान्छ ।
    • साङ्ला आइराख्‍ने ठाँउमा बेकिङ सोडा र चिनीको मिश्रण छर्नाले पनि साङ्ला आउन सक्दैन ।
    • दालचिनीको धुलो बनाएर भान्साको वरपर छर्न सकिन्छ ।
    • एक लिटर तातो पानीमा एउटा कागती र दुई चम्चा बेकिङ सोडा मिसाएर राम्रोसँग घोलिएपछि भान्साको सिंकमा खनाउन सकिन्छ । यसो गर्दा साङ्लाहरु फैलन पाउदैन र भएका पनि पाइप बाट बगेर जान्छन् ।
      बोरिक एसिड र चिनी मिसाएर पनि चारैतिर छर्न सकिन्छ । यसो गर्दा चिनीले साङ्लालाई आकर्षित गर्छ र बोरिक एसिडको सम्पर्कमा आउदा त्यसको विनाश हुन्छ ।
    • यसैगरी बजारमा विभिन्‍न किसिमका स्प्रेहरु किन्‍न पाइन्छ । तर त्यसको प्रयोग त्यति प्रभावकारी भएको पाइदैन । कडा खालको रसायन प्रयोग गरी बनाइएको विभिन्‍न रासायनिक झोलहरु पनि पाइन सक्छ र त्यसको प्रयोगले साङ्लालाई निर्मुल पार्न त सकिन्छ तर त्यसको प्रयोग जोखिमयुक्त हुन सक्छ । यसले घरपालुवा जनावरलाई र मानिसलाई समेत गम्भीर असर पुग्‍न सक्छ । यस्ता किसिमका औषधीको प्रयोग निकै सावधानीका साथ गर्नुपर्छ

    सकभर साङ्ला आउनै नदिनका लागि रोकथामका उपायहरु पालना गर्ने र आइहालेमा माथि बताइएका घरेलु विधीको प्रयोग गरेमा अवश्य पनि साङ्लाबाट उन्मुक्ति पाउन सकिन्छ ।

    साङ्ला कति हानिकारक ?
    साङलाले खानेकुरामा जुठो लगाउँछ । जब खानेकुरामा साङ्लाले जुठो लगाउँछ, त्यसमा एक किसिमको ब्याक्टेरिया छाड्छ । साथै साङ्लाको र्‍यालमा समेत व्याक्टेरिया हुन्छ । साङ्लामा सैलमोनेला नामक भाइरस फैलाउने व्याक्टेरिया हुन्छ । यसको सेवनले फूड प्वोइजन हुन सक्छ । टाइफाइड हुन सक्छ ।

    साङलाकै कारण एलर्जी पनि हुनसक्छ, खासगरी छालाको एलर्जी । साङलाको मुखबाट निस्कने र्‍यालले यस्तो एलर्जी पैदा गर्छ । हामीले भान्सामा भाँडावर्तन खुला राखेका हुन्छौ, ओछ्यान त्यसै हुन्छ । साङ्लाहरु त्यहीँ माथि सलबलाउन थाल्छ । यस क्रममा साङ्लाले र्‍याल चुहाउँछ । उक्त र्‍यालले छालामा एलर्जी ल्याउँछ ।

    साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।

    साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images