images
images
  • काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुँदै

    काठमाडौं– अष्ट्रेलिया जान चाहेन विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । ग्रेस इन्टरनेशनलको आयोजनामा १९ भदौमा नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा मेला हुन लागेको हो । ग्रेस इन्टरनेसनलले शुक्रबार पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी गराएको छ ।

    अष्ट्रेलिया सरकारले १५० भन्दा बढी विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गर्ने गरेको तर, त्यो बारे नेपाली विद्यार्थीलाई कमै मात्रामा जानकारी हुने ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले बताए ।

    अष्ट्रेलियाका २५ भन्दा बढी स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको भेला गराई ती संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क र परामर्श गराइने उनको भनाइ छ ।

    पछिल्लो समय अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई भिसामा कडाई गर्दै आएको छ । त्यसको पछाडिको कारण अष्ट्रेलियाको नीतिमा गरिएको कडाई नै रहेको पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्