images
images
  • शंखमुल बेसमेन्टमा रहेको बर्गर हाउस हटाउन बालेनको निर्देशन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमुलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस स‍ञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका छन् ।

    बिहीबार महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका मेयर शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन् ।

    एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images