images
images
  • टिचिङ अस्पतालबाट भागे नख्खुका कैदीबन्दी

    काठमाडौं- नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

    उपचार क्रममा अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी उपचारका क्रममा  फरार भएका थिए ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयले घटनाको बुधबार अध्ययन गर्न उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ ।

    घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images