images
images
  • काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट सुरज पाण्डे ‘कालो बाहुन’ उम्मेदवारी दिने तयारीमा

    काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाच​नमा काठ​माण्डौं क्षेत्र​ नं ​ ५ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट सुरज पाण्डे ‘कालो बाहुन’ ले उम्मेदवारी दिने तयारी गरेका छन् ।

    रास्ट्रिय​ युवा मोर्चा केन्द्रिय​ संयोजक समेत रहेका पाण्डे कालो बाहुनको उप​नामले परिचित छन् । युवा वर्गमा लोकप्रिय रहेका पाण्डे अबको नेतृत्व तहमा युवा नै आउनुपर्छ भन्ने मान्यताका साथ आफूले उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

    राप्रपा पूर्व केन्द्रिय सदस्य समेत रहेका पाण्डे सक्रिय राजनीतिमा रहेका छन् । उनलाई युवा वर्गको राम्रो समर्थन रहेको छ । सामाजिक कार्यमा सक्रिय रहँदै आएका पाण्डे त्यस क्षेत्रका जनता माझँ लोकप्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images