images
images
  • इन्सपेक्टर डा.रेग्मीलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

    काठमाडौं ।- नेपाल प्रहरीकी इन्सपेक्टर डा.भावना रेग्मीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने भएको छ ।

    लामो समयसम्म गैरहाजिर भएकाले उनी बर्खास्त हुन लागेकी हुन् । पेशाले डेन्टल डा. भावना प्रहरी अस्पतालमा कार्यरत थिइन् । उनी दिन महिनादेखि हाजिर नभएको गृह मन्त्रालयले जनाएको छ ।

    सात दिन भित्र उपस्थित नभए बर्खास्त गरिने भन्दै गृह मन्त्रालयले बिहीबार सूचना निकालेको छ । प्रहरी अस्पतालका चिकित्सकहरु छोटो समयमै जागिर छाड्ने गर्दछन् । सेवा सुविधा कम हुने भएकाले अर्काे अवसर पाउने वित्तिकै यसरी जागिर छाड्ने गरेका छन् ।

    300983258 808912963808955 5378556287834734032 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images