• सञ्चारमन्त्री गुरुङको घोषणा : ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्दैछ’

    काठमाडौ । नेपाल सरकारले संचार तथा सुचना प्रबिधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड बजेट विनीयोजन गरेको छ ।

    सञ्चारमन्त्री पार्वत गुरुङले समृद्धिका लागि संञ्चार भन्ने नाराका साथ समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्ने घोषण गरेको छ ।
    मन्त्री गुरुङले २०७८ जेष्ठ, १६ गते प्रेस नोट जारी गदै यसको घोषणा गरेका हुन ।

    अंगे्रजी च्यानल ‘एनटिभि वल्र्ड’ सञ्चालन :

    समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पु¥याउन नेपाल सरकारले अंगे्रजी च्यानल ‘एनटिभि वल्र्ड’ सञ्चालन गर्ने भएको छ ।शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो ।

    नेपाली टेलिभिजन प्रशारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझ्ने गरी सामग्रीहरु प्रस्तुत गर्ने पहिलो कदमका रुपमा लिइएको छ । जुन च्यानलले नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने छ ।

    च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन एनटिभि वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।

    अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधैं पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभि वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

    ‘समृद्ध नेपाल ः सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन । नेपाली टेलिभिजनको इतिहासमा एनटिभि वल्र्ड च्यानल मार्फत् पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भन्नुभयो ।

    सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको प्रवक्ता गुरुङले बताउनुभयो ।

    इन्टनेटको पहुँच तीव्र :

    सरकारले जनताको सहज पहुँचका निम्ति डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गर्ने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्य ध्येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भन्नुभयो– ‘समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौं ।’

    सुशासन र पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । उक्त कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल ८ जिल्ला स्थानीय निकायसँग ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ ।

    इन्टरनेट माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । जुन कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।

    कोभिडपीडित पत्रकारलाई सम्बोधन :

    कोभिड–१९ को प्रभावित बनेका पत्रकारहरुको समस्या समेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारहरुका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ ।
    त्यसैगरी श्रमजीवी पत्रकारहरुका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ । विमाको हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

    नेपाली पत्रकारहरुको दक्षता अभिवृद्धि तथा व्यवसायिकता विकास गर्न आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गर्ने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारहरुको साझा व्यवसायिक संस्थाहरुले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापनाका लागि माग गर्दै आएका थिए ।

    पहिलोपल्ट प्रेस संग्राहलय बन्ने :

    नेपाली प्रेस र पत्रकारिता सम्बन्धि विभिन्न कालखण्डमा भएको प्रविधिका विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ । सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ । जसबाट माध्यमहरुमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।

    जनताको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचार–प्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने सरकारले शनिबारको बजेट भाषणमा समावेश गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्