images
images
  • ५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

    काठमाडौँ– ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ ।

    दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ।

    त्यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, रोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा खोप दिइने मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो मात्रा खोप २७ भदौदेखी १ असोजसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images