images
images
  • दाङका एसपि काफ्लेले भत्काउदै हनि ट्रयापको जालो: युवती प्रयोग गरी धन्दा चलाउने पाँचजनाको गिरोहलाई पक्राउ

    घोराही- हनि ट्रयापको घटनामा संलग्न भएको आरोपमा दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । घोराहीका एक व्यापारीलाई हनिट्रयापमा पारेको आरोपमा दाङका विभिन्न स्थानबाट एक युवक र चारजना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

    प्रहरीको बिश्वस्त स्रोतले दिएको जानकारी अनुसार घोराही १० नारायणपुरको गिरोहले एकजना व्यापारीसँग प्रेम गर्ने नाटक गरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेकी छ । उक्त अभियोगमा दिलिपकुमार वली,शर्मिला नेपाली,शान्ता नेपाली,पार्वता डाँगी र देवा डाँगी पक्राउ परेका छन् । उनीहरूमाथी अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको हो ।

    पक्राउ परेका पाँचै जना घोराही १० नारायणपुरका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सोही घटनामा संलग्न भएका अजय बुढाथोकी भने फरार छन् । प्रहरीले उनको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

    उक्त गिरोहले साउन २७ गते एकजना व्यापारीसँग शारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्की दिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । हनि ट्रयापको गिरोहलाई चेक दिएपछी विक्षिप्त भएका ती व्यापारी सोही दिन जिप्रका पुगेका थिए ।

    उनको उजुरी पछी दाङ प्रहरी प्रमुख सुरेस काफ्लेले उक्त गिरोह पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । अपराध न्यूनीकरणमा अब्बल प्रहरी अधिकारीका रूपमा परिचित दाङका एसपि काफ्लेले बिहिबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृत बिबरण सार्वजनिक गर्ने तयारी गरेका छन ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images