images
images
  • काठमाडौं ६ मा ‘ह्याट्रिक’ गर्ने दाउमा भीमसेन दास प्रधान

    काठमाडौं- काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान यस पटक चुनावमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उक्त क्षेत्रमा पुन आफ्नै उम्मेदवारीता रहने प्रधानले दाबि गरेका छन् ।

    लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफू सधै अग्रभागमा रहेको प्रधान बताउछन् । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन ।

    कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका प्रभावशाली नेता समेत रहेका प्रधान उनको विश्वाशिलो पात्र पनि हुन् । सिटौला समूहबाट काठमाण्डौँ जिल्ला हेर्ने जिम्मेवारी समेत प्रधानमा रहेको छ । त्यस कारण पनि पार्टीले टिकट दिनेमा आफू ढुक्क रहेको प्रधानले विश्वखबरलाई बताए ।

    काठमाण्डौँ ६ मा कांग्रेसको तर्फबाट जिल्ला सभापति सबुजकृष्ण बानियाँले पनि उम्मेदवारी दिने चर्चा छनि भनेर हामिले सोधेको प्रश्नको उत्तर दिदैँ प्रधानले भने, ‘महिले उहाँ संग समझदारी गरेको छु भनेर उहाँले भन्नु भएको छरे तर मैले त्यस्तो कुनै समझदारी गरेको छैन् त्यसैले फेरी पनि त्यस क्षेत्र मैले दुई दुई पटक जितेको छु अब पनि म मेरै क्षेत्रबाट चुनाव लड्छु ।’ उनले भने, ‘सबुज जी ले त ६ नम्बर क्षेत्र मेरो कार्य क्षेत्र भन्दै हुनुहुन्छ तर म त त्यहाँका जनताको मतले निर्वाचित भएको छु अबको चुनावमा म पछि हट्य भने त मलाई जनताले भाग्यो भन्छन् त्यसैले पनि आगामी निर्वाचनमा मेरो उम्मेदवारी ६ नम्बरबाटै हुन्छ ।’

    प्रधान नेपाली कांग्रेसको बागमती प्रदेशको महाधिवेशनमा सिटौला पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाको चाहनामा सभापति पदका उम्मेदवार समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images