images
images
  • काठमाडौं २ मा एमालेबाट राष्ट्रपतिपुत्री उषाकिरण उठाउने ओलीको तयारी

    काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य एवम् राष्ट्रपति विद्यादेवी भण्डारीपुत्री उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् ।

    पार्टीले भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियो । ‘पार्टी अध्यक्ष ओलीको चाहना उषाजीलाई उठाउने छ,’ भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले भने, ‘उषाजी उठ्दा जननेता मदनको सम्मान नै हुने, अनि सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने बुझाई हो । अहिले पार्टीमा त्यस्तो स्पिरिट चाहिएको पनि छ ।’

    प्रतिक्रिया दिनुहोस्

    images
    images