images
images
  • तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव

    महोत्तरी– मध्य तराईमा केही दिनदेखि चैत वैशाखमा जस्तो पूर्वीय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास(७ का विजय यादवले यसअघि वर्षा याममा यस्तो बतास अनुभव नगरेको बताए । यो हावा स्वास्थ्यको लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएको उनको भनाइ छ ।

    हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूको चेतावनी छ । ञयसपालि धान उत्पादनमा समेत भारी र्‍हास आउनेछ धेरैको अनुमान छ,झ उनले भने । चैत, वैशाखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्वीय हावा पनि भन्ने गरिएको छ ।

    वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तिका घटना बढ्न सक्ने भन्दै सर्वसाधारण चिन्तित पनि बनिरहेका छन् । स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपूर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ ।

    ञवर्षाको समयमा औसत पानी नपरेको कारण पूर्वीय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ ।झ वातावरणविद् विराट पन्तले उनले भने ।

    यस्तो हावाले अहिले किसानहरूले लगाएका धान बालिमा असर पर्दै गएको छ । यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन् ।

    एलर्जी, मौसमी ज्वरोको जोखिम
    सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहका अनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरूलाई अत्यधिक समस्या बनाउने गर्दछ ।

    उनले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन् । ञगर्मी याममा सबैलाई एलर्जी हुन्छ । अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।झ डाक्टर साहले भने ।

    हावाको मात्र त्रास हैन वर्षाको त्रास समेत बढ्दै गएको छ । नेपालमा बिशेष ग री १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरू कहिले वर्षा हुन्छ र समस्या बनाउने होला भनेर त्रास बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images