images
images
  • महानगर प्रहरीले गर्यो दादागिरी शैलीबाट फुटपाथ सामान जफत

    काठमाडौं– काठमाडौँ महानगर प्रहरीले फुटपाथ महिला व्यवसायीहरू माथि दादागिरी गरेको छ । राजधानीको सुनधारा, रत्नपार्क धरहरा आसपासका क्षेत्रमा फुटपाथ व्यापार गरिरहेका महिलाहरूको सामान दादागिरी शैलीमा जफत गरेको हो।

    आइतबार रत्नपार्क नजिकैको एउटा आकाशे पुलको छेउमा केही फेन्सी तथा खुद्रा सामानको व्यापार गर्न बसेका केही महिलाहरू माथि नगर प्रहरीले दुर्व्यवहार गर्नुका साथै सामान तितरबितर पारिदिएको छ ।

    यसरी फुटपाथमा सामान बेच्न नपाए जीविकोपार्जन गर्न हम्मे हम्मे हुने र परिवारका लागि एक छाक टार्न समेत कठिनाइ हुने ती व्यावसायिक महिलाहरूले गुनासो गरिन् ।

    ‘हामीले सरकारको भाग खोसेका छैनौ,चोरी गरेका छैनौँ एउटा सानो ठाउँ ओगटेर मात्र आफ्नो जीविकोपार्जन गर्न व्यवसाय गर्दा हामी माथि यत्रो अन्याय’ एक महिलाले भनिन् ।

    यता काठमाडौँ महानगरपालिकाले जनशक्ति थप गरेर नियन्त्रण गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ भने महानगरको उक्त हर्कतपछि फुटपाथे व्यवसायी भने आक्रोशित छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images