images
images
  • व्यवसायी राज कार्की सम्मानित

    काठमाडौँ– श्रीराज कलेक्सन र सुट्मालाका सञ्चालक युवा व्यवसायी राज कार्की नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा आज पूर्व सभामुख माननिय सुबास चन्द्र नेम्बाङबाट सम्मानित भएका हुन् ।

    नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चले स्थानीय तहमा नवनिर्वाचित प्रमुख, उपप्रमुख लगायत व्यवसायीहरुलाई सम्मानित गरेको हो । नेकपा एमालेका उपाध्यक्ष पूर्व सभामुख माननिय सुबास चन्द्र नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटिका सदस्य तथा माननिय सांसद लालबाबु पण्डित, नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा संसदिय दलका प्रमुख सचेतक तथा खोटाङ जिल्ला इन्चार्ज माननिय विशाल भट्टराई लगायत बिभिन्न जनवर्गिय संगठनका पदाधिकारीहरुको उपस्थिीति रहेको थियो ।

    नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चले युवा व्यवसायी कार्कीलाई मञ्चलाई पुर्‍याएको सहयोग स्वरुप सम्मान प्रदान गरेको हो । आफूलाई सम्मानित गरेकोमा कार्कीले मञ्चलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यस प्रकारको सम्मानले आफूलाई व्यवसाय र समाजसेवा लाग्न थप प्रेरित गरेको छ ।’ कार्कीले भने, ‘आगामि दिनमा मञ्चलाई आवश्यक पर्ने सहयोगका लागि तत्पर हुनेछु ।’ कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मति प्रदेश सचिव हुन् । उनी बिगत एक दशकदेखी टेलरिङ व्यवसायमा सक्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images