images
images
  • माओवादी युवा नेता बोगटी काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारको आकांक्षी

    काठमाडौं- नेकपा(माओवादी केन्द्र) का युवा नेता तथा केन्द्रीय सदस्य कुमार बोगटीले काठमाडौंको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेका छन् । उनले बुधबार सामाजिक संजालमार्फत उक्त निर्वाचन क्षेत्रबाट पार्टीले टिकट दिए आफूले उम्मेदवारी दिएर विजयी हासिल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने कांग्रेसका महामन्त्री गगन थापालाई हराउने उनको दाबी छ । नेता बोगटीले सामाजिक संजालमा लेखेका छन् ,‘म माओवादी केन्द्र को युवा केन्द्रीय सदस्य कुमार बोगटी काठमाडौ क्षेत्र नं ४ बाट पार्टीले टिकट दिलाए नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बिरुद्ध निर्वाचन लडेर पार्टीलाई विजयी गराउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

    उनले आफूलाई पार्टीले टिकट दिलाए निर्वाचन जित्ने समेत बताए । लामो समयदेखि माओवादी आन्दोलनमा लागेका उनी युवामाझ सरल र सहयोगी स्वभाबले परिचित छन् । वखलढुङगा निवासी बोगटी २०५७ सालबाटै विद्यार्थी संगठनमा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका हुन् ।

    पार्टीमा आशातित युवा नेताको छवी बनाएका उनले २०७४ मा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट समेत निर्वाचन लडेका थिए । उनी त्यतिबेला सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचन लडेका हुन् । उनी तत्कालीन अबस्थामा एमालेका शेरबहादुर तामाङ र अर्का राप्रपाका नेता पशुपति शमशेर राणासँग निर्वाचन लडेका उनी पुराना र संसदीय राजनीतिका हस्तीसँग चुनाव लड्दा पनि तेस्रो बन्नु कम चुनौतीपूर्ण होइन ।

    उक्त निर्वाचनमा एमालेका शेर बहादुर तामाङ विजयी भए भने दास्रोमा राणा र तेस्रो स्थान उनले लिन सफल भएका थिए । पार्टीको सांगठनिक अबस्था कमजोर हुँदाहुँदै पनि उनको ब्यक्तिगत प्रभावले तेस्रो स्थान लिन सफल भएका थिए । सहयोगी र मिलनसार स्वभावका उनी कुशल संगठक समेत हुन् । उक्त निर्वाचनमा पार्टीको कमजोर सांगठनिक अबस्थाकको बाबजुद ब्यक्तिगत लोकप्रियता र प्रभावले तेस्रो स्थान लिन सफल भएको उनलाई नजिकबाट नियालेका माओवादी नेताहरु बताउँछन् ।

    आफूलाई सदैब पार्टीको इमान्दार सिपाही भन्न रुचाउने उनी पार्टीको लागि जस्तोसुकै चुनौती मोल्न पनि तयार भएरै गगन थापाको बिरुद्ध उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेको बताउँछन् । यद्यपि पार्टीको एक सिपाही हुनुको नाताले पार्टी निर्णय विपरीत भने नजाने उनको दाबी छ ।

    ‘लामो समयदेखि माओवादी आन्दोलनमा लागे र अन्ततः माओवादी आनदोलनबाट प्राप्ते उपलब्धीको रक्षा मूल नेतृत्व अध्यक्ष कमरेड प्रचण्डबाट नै हुन्छ आगामी दिनमा यसको विकास र पार्टीलाई जनताबीच अझ लोकप्रिय बनाउँदै देशको आमुल परिवर्तन र वर्तमान उपलब्धीको वाहक शक्ति माओवादी नै हो भन्ने जनतालाई बोध गराउन उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेको हुँ ’,उनले भने, ‘मेरो उम्मेदवारी पार्टी र जनताको लागि हो हिजो पनि माओवादी घटकबाटै उम्मेदवारी दिएको हुँ तर अब माओवादी आन्दोलनका उपलब्धीको रक्षा गर्न हिजोका माओवादी शक्ति एकजुट हुनुपर्छ र माओवादी कमजोर हुँदा प्रतिगामीहरुको चलखेलबढयो त्यसैले त्यसको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ भनेर म मुलधारमा अध्यक्ष कमरेडलाई सहयोग गर्न उद्धत छु ,पार्टीलाई विजयी गराउन चुनाव लड्ने आकांक्षा ब्यक्त गरेको हु ,मैले टिकट पाए अवश्य ४ नं मा गगन थापालाई हराउन सक्षम छु यो मेरो प्रतिबद्धता हो ।’

    उनले पाटीृमा अध्यक्ष पुष्पकमल दाहालको पनि आगामी दिनमा युवाहरुलाई नै अगाडि प्रश्रय दिने प्रतिबद्धता बमोजिम पार्टीमा युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरे जसरी आगामी सांसदमा समेत युवाहरुको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ ।

    ‘अहिले पार्टीले जसरी पार्टी कमिटी भित्र ४० मुनिका युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरेको छ, अब बन्ने सन्सदमा पनि त्यसलाई प्रतिबिम्बित गर्न सक्नुपर्छ ।’, उनले अगाडि भने, ‘म ओखलढुंगा मा जन्मिएको जहिल्यै म इमान्दारिता र पारदर्शिता मा विश्वास गर्ने व्यक्ती हुँ त्यसैले अब नेतृत्वले सक्षम र अहिलेको बस्तुस्थितिलाई बोध गर्न सक्ने युवा पिढीँलाई अगाडि बढाउँनु पर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images