images
images
  • वन मन्त्री आलेको पहलका जिउँदै आगो लगाईएकी गम्भीर घाइते महिलाको उपचारका लागि हेलिकप्टर पठाइदै


    डोटी । राती करिब साढे १२ बजेको समयमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै शरीरमा आगो लगाईएकी डोटी आदर्श ४ रोडिङ्गेकी वर्ष २८ की लक्ष्मी भाटको हेलिकप्टरबाट उद्दार गरी उपचार गरिने भएको छ ।

    वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा प्रधानमन्त्री केपीशर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा नेपाली सेनाको हेलिकप्टर डोटी जान लागेको वन मन्त्री आलेले जानकारी दिएका छन् ।हेलिकप्टर केहिबेरमा सुर्खेतबाट जाने जनाईएको छ ।

    यहि जेठ १२ गते मध्ये आफ्नै पसलमा अढाई वर्षकी छोरीसँगै सुतिरहेकी लक्ष्मीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो ।
    लक्ष्मीको उपचार डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भईरहेको छ । अस्पताल श्रोतले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताएको र परिवारको कमजोर आर्थिक अवस्थाका कारण बाहिर लैजान कठिनाई भईरहेको घाइतेका आफन्त पदम बोहराले बताए ।

    वन मन्त्री आलेले हेलिकप्टर पठाउने जानकारी पाएकाले उनको प्राण बचाउन सकिन्छ कि भन्ने आशा पलाएको बोहराले बताए ।
    लक्ष्मीको हात र पेटमा गम्भीर समस्या रहेको जनाईएको छ । उनलाई उपचारका लागि आजै काठमाण्डौ लगिने छ ।

    घटनाको दिन कान्छी श्रीमतीसँग घरमा रहेका उनका श्रीमान सन्तोष भाट भने घटनापछि फरार रहेका छन् । यसबाट सन्तोषको वहुविवाह भएको पनि खुल्न आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images