images
images
  • डोटीका दुई वडाध्यक्षसहित १० जना धनगढी बसपार्कबाट पक्राउ

    कैलाली-  कैलालीको धनगढी बसपार्कबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।

    हिजो मङ्गलवार धनगढी उपमहानगरपालिका(४ बसपार्कमा रहेको कलेल होटेलबाट पूर्वचौकी गाउँपालिका-२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटेल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानेपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्व चौकी(६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

    यस्तै गोदावरी नगरपालिका(३ का ३२ वर्षीय कुवेर खड्का, पूर्व चौकी(२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल(सिलगढी नगरपालिका(६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images