images
images
  • जीपले मोटरसाइकललाई ठक्कर दिँदा साउदको मृत्यु, जीप चालक फरार

    डोटी – शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालकको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images