images
images
  • गएराति गएको भूकम्पबाट घाइते हुनेलाई उपचारका लागि हेलिकोप्टरबाट धनगढी लगियो

    डोटी – भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ ।

    जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।

    पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन श्रेष्ठले जानकारी दिए ।

    डा। श्रेष्ठका अनुसार चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

    घाँटीका हड्डी भाँचिएकोले उनको सिटी स्क्यान गर्नु पर्ने अवस्था रहेको डा‍. श्रेष्ठ वताउँछन् । यस्तै बिष्नाको हात भाँचिएको छ ।

    अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images