images
images
  • बडीमालिका तीर्थयात्रा डोटीबाट सुरु

    काठमाडौं- बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ।

    बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि सरकारी टोलीलाई बिदाइ गरिएको छ।

    बाजुरा जिल्लामा रहेको बडीमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ। सरकारी कर्मचारीहरूको एक टोलीले उक्त पेटारो लैजाने गर्दछन। वर्षौदेखि सो चलन चलिआएको छ।

    नेपाल एकीकरण हनुपूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने चलन रहेको भएपनि पछिल्ला समय नेपालमा राज्य सञ्चालन गर्ने शाह वंशीय राजा, राणाकालीन अवस्थाका बढा हाकिम तथा हालका सरकारहरूलेसमेत पूजा सामग्री पठाउने चलन रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images