काठमाडौं- अविरल वर्षापछि पहिरो खस्दा दोलखाको सिंगटी बजारका घर जोखिममा परेका छन्।
बुधबार पहिरो गएपछि यहाँका करिब २५ घर जोखिममा छन् भने केही घरमा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्।
इलाका प्रहरी कार्यालय भवनसमेत जोखिममा परेको छ । गएराति बिगु गाउँपालिका– ४ लादुकमा पहिरो गएको हो । पहिरोको जोखिममा परेपछि सबै परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सानु तामाङले जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । बजार क्षेत्रका घरमा लेदो माटो छिरेको छ । पहिरोको कारण बजार क्षेत्रको बाटोसमेत अवरुद्ध भएको थियो । सोही ठाउँमा गत २३ गते पनि पहिरो गएको थियो ।
पहिरोले चारवटा घर क्षतिग्रस्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















