• जोलजीवीमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै

    मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ । आगामी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो । भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ । सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो । भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ । भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो । अहिले सशस्त्रको लागि प्रिफ्याबको भवन निर्माण हुने छ । भवन निर्माणका लागि एङ्गल राख्ने काम शुरु गरिएको निर्माण व्यवसायी बमले बताउनुभयो । “भवन निर्माण शुरु गरेका छौँ, असारभित्रै काम सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले निषेधाज्ञाका कारण समयमै सममान निर्माणमा स्थलमा पु¥याउन ढिलाइ भएको हो, अहिले कामदारसहित फिल्डमा खटाइएको छ ।”

    प्रतिक्रिया दिनुहोस्