images
images
  • काठमाडौं महानगरलाई नर्भिक हस्पिटलको जवाफ: संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

    काठमाडौं- नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।

    काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।

    नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने दाबी गरेका हुन् । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो ।

    पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिए ।

    297890656 475251594418570 6814802489500353645 n 1 .jpg

    297278882 1584784178662956 5662946660907614074 n.jpg

    297578802 458402262856544 5469485955876777468 n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images