images
images
  • धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी

    काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ ।

    अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

    प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images