images
images
  • तारकेश्वरमा हँसियाले हानेर कुकुर मारेको आरोपमा एक महिला पक्राउ

    काठमाडौं– हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका ४ कि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् । उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि बालाजु प्रहरीले महिलालाई पक्राउ गरि हिरासतमा राखेको ४ नम्बर वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले जनाकारी दिए । वडाध्यक्ष श्रेष्ठका अनुसार ४ नम्बरको पुरानो गुहेश्वरी, मिलिजुली टोलमा कुकुरको आतंकले स्थानीयबासिन्दा हैरान छन् ।

    महिलालाई कुकुर मार्न नहुने कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै मिलाउन खोज्दा स्थानीयबासिन्दा र पशु अधिकारकर्मीबीच विवाद समेत भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

    बालाजु प्रहरी वृत्तले भने अहिले यो विषयमा छलफल भइरहेकोले प्रतिक्रिया नदिने जनाएको छ । प्रहरी कार्यालय अगाडी पशु अधिकारकर्मीहरुले कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images