काठमाडौं- आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन्। ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ। यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दापनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज । रोग आम नेपालीको समस्या हो। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ। ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउँछ। पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि ग्यास्टिकका मुख्य लक्षण हुन्। त्यसो भए के गर्ने त ? यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ।
बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ। दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाएर दिनहुँ पिउन सकिन्छ। यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ।
अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमालेर दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
आलुको जुस
आलुलाई सफा गरेर बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस्।
अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्को तरिका अदुवा हो। अदुवालाई औषधिको रुपमा पनि मानिन्छ। दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ। यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस्।
दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु राम्रो हुन्छ। यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्धत गर्छ।
जिरा बीउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बीउ राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस्।
लसुन
२-३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्। ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमालेर नियमित सेवन गर्ने।
प्रशस्त पानी पिउने
लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ । लसुनपानीस् बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।
खाना समयमा खाने
ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ । कागतीपानीस् पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ।
कार्बोहाइड्रेड कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ । दूध नपिउनेस् ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।


विश्व खबर 



















