images
images
  • काभ्रेस्थली घटना अपडेट : प्रहरीले चारै जनाको शव उठायो

    काठमाडौं- प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो । केहीबेर अघि स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए ।

    3 vQLauKE5CT e1659355873162

    सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

    पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

    त्यसपछि प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images