काठमाडौं- अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए ।
हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् ।
आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















