images
images
  • काठमाडौंमा एकै परिवारका चारजना मृत फेला

    काठमाडौँ- काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। काठमाडौंका प्रहरी प्रमुख भरत बोहोराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।

    उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत फेला परेका हुन्। मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।

    अहिले उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली घटनास्थलमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images