काठमाडौं- प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले (बिहान ६ बजे) मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको छ । महाशाखाका अनुसार आउँदो बुधबारसम्म्म देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।
राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तै बागलुङ, कास्की, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी बर्षा मापन गरिएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुनसरीको इटहरी र आसपास भारी वर्षा मापन गरिएको छ । बूढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तो छ भोली र पर्सिको मौसम पुर्वानुमान :
सोमबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आउँदो बुधबारसम्म पानी पर्ने उल्लेख छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।
मंगलबार (भोलि) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
भोलि राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन/चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, बुधबार (पर्सि) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


विश्व खबर 


















