images
images
  • बुद्धिजीवीहरुले देशको नीति निर्माणमा सुझाव दिदा दुर्गम र ग्रामीण क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ: मन्त्री कुँवर

    अछाम- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुद्धिजीवीले देशको नीति निर्माण तहमा सुझाव दिंदा दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।

    नेपाल बुद्धिजीवी परिषद ( समाजबादी ) जिल्ला कमिटी अछामले आयोजना गरेको बधाई तथा शुभकामनाको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशको नीति निर्माण गर्दा बुद्धिजीवीहरुको भूमिका महत्त्वपूर्ण हुने भएकोले उनिहरुले निे सुझाव, सल्लाहमा देशका दुर्गम तथा ग्रामिण क्षेत्रका जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका हुन् ।

    देश निर्माणका लागि सबै तह र तप्काका नागरिकहरुको महत्वपुर्ण भूमिका रहने बताउँदै उनले राजनीतिज्ञ र बौद्धिक क्षेत्र अझ बढि इमानदार भएर लाग्नु पर्नेमा जोड पनि दिए।

    कुनैपनि क्षेत्रको विकास, समानता र समृद्धीका लागि त्यसक्षेत्रका सचेत नागरिक बढि जिम्मेवार हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने मन्त्री कुँवरले बताए ।

    गृहजिल्ला अछाम भ्रमणमा रहेका मन्त्री कुँवरले बुद्धिजीवीहरुलाई जिल्लाको समग्र विकासका लागि आफ्नो क्षेत्रबाट स्थानिय सरकारदेखि प्रदेश सरकार हुँदै केन्द्रलाई समेत आवश्यक सुझाव र सल्लाह निरन्तर दिइरहन समेत आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images