images
images
  • झडपमा मारिएका सुजन र वीरेन्द्रको परिवारले पाए १० लाख

    काठमाडौं : ललितपुरको बालकुमारीमा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवारले क्षतिपूर्ति रकम पाएका छन्।

    दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई सरकारले घोषणा गरेको दश लाख रुपैयाँ क्षतिपूर्ति दिइएको हो। क्याविनेट बैठकको निर्णयानुसार नगद प्रदान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयले पुस महिनामा मात्र एक करोड १७ लाख रुपैयाँ विभिन्न व्यक्ति तथा परिवारलाई आर्थिक सहायतास्वरुप वितरण गरेको पनि जनाएको छ।

    मन्त्रिपरिषद्को विभिन्न मितिमा भएको निर्णयानुसार उक्त रकम बाँडिएको मन्त्रालयको भनाइ छ।

    दक्षिण कोरियामा पानी जहाज निर्माणका लागि लिइएको (सिप बिल्डिङ) परीक्षामा अनुत्तीर्ण भएपछि उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका युवाहरुले गत पुस १३ गते बालकुमारीमा प्रदर्शन गरेका थिए।

    आक्रोशित युवाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा ती दुई युवकको ज्यान गएको थियो।

    घटनाको भोलिपल्ट पुस १४ गते बसेको क्याबिनेट बैठकले मृतक राउत र शाहको परिवारलाई १०-१० लाख नगद क्षतिपूर्ति तथा रोजगारी दिने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images