images
images
  • स्कुल बसका चालक नै मापसे कारबाहीमा !

    काठमाडौँ- ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।

    स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

    अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।

    १६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    स्कुल बस चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता भट्टले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images