images
images
  • नि:शुल्क उपचारको ब्यवस्था भएपनि लाजले खुल्दैनन् ‘आङ खस्ने’ महिला

    सानै उमेरमा बच्चा जन्माएका कारण आङ खस्ने समस्याबाट पिडित बनेकी दोलखाकी रमा चापागाई निकै लामो समयसम्म यो रोगबाट थलिएको बताउँछिन् । “सानै उमेरमा विवाह गरेकै कारण आङ खस्ने समस्याले पीडित भएपछि पाठेघरको अप्रेसन गर्नुपर्यो र अहिले यो समस्या झेलिरहेको छु, उनी भन्छिन् ।”

    सरकारले महिलाहरुमा देखिने आङ खस्ने रोगको उपचार निशूल्क रुपमा गर्ने ब्यवस्था गर्नुका साथै हरेक वर्ष दुर्गमका महिलाका लागि केन्द्रित गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेपनि यस्ता समस्या भएका थोरै महिलालाइ मात्र समेट्न सकेको बताइन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा छाउपडी जति प्रचारित छ, त्यसको दाँजोमा हिमाल, पहाड र तराई–मधेशका लाखौं महिलाले बेहोरिरहेको यो दुरवस्थाप्रति भने चर्चा नगन्य नै छ, त्यो हो ‘आङ खस्ने’ अवस्था।

    आङ खस्ने नेपालको ऐतिहासिक राष्ट्रिय व्यथा भन्न सकिन्छ, जसले महिलाहरुलाई निकै सताइरहेको छ । यसले गाउँघरको कष्टकर जीवन र नेपाली महिलाको सामाजिक ‘हैसियत’ पनि जनाउँछ । तर यसबारे न आमजनतामा पर्याप्त सूचना छ, न पीडितलाई उपचारको बारेमा जानकारी । आफ्नो पाठेघर र अन्य भित्रीभाग गुप्ताङ्गबाट लत्रँदा हुने असहजपन, त्यसबाट निक्लने दुर्गन्ध, परिवार र घरछिमेकले थाहा पाउलान् भन्ने पीर, सहज जीवनयापन गर्न नपाउने पीडा , सहेको कष्ट कसलाई भन्नूरु कसरी भन्नू,रु पिडित महिलाहरु आफ्नो दुखेसो पोख्छन् ।

    निशुल्क उपचारको ब्यवस्था भएपनि आङ खस्ने समस्या भएका महिलाहरु उपचारका लागि जाने गरेका छैनन् । जटिल खालका विविध सेवाहरू सहज र सरल रूपबाट प्रदान गर्ने क्रममा महिलामा देखा पर्ने प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू मध्ये पाठेघर ९आङ० खस्ने समस्या महिलाहरूको प्रमुख स्वास्थ्य समस्या हो । यस्तो समस्याबाट ग्रसित प्रजनन उमेर समूहका अधिकांश महिलाहरूलाई पाठेघर खस्ने समस्याको रोकथाम र शल्यक्रिया सम्बन्धी सेवा प्रदान गर्नु पर्ने आवश्यकता महसुस गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले‘पाठेघर खस्ने समस्याको रोकथाम र उपचार सम्बन्धी कार्यविधि निर्देशिका–२०६५’ जारी गरेको छ।

    नेपालको स्वास्थ्य क्षेत्रमा भएको खर्च सम्बन्धी एक अध्ययन अनुसार घरायसी,व्यक्तिगत खर्च ६२ प्रतिशत, नेपाल सरकारको १७ प्रतिशत, गैर नाफामूलक संस्थाहरूको ११ प्रतिशत र दातृ निकायबाट १० प्रतिशत खर्च हुने गरेको पाइएको छ । यस्तो अवस्थामा पाठेघर खस्ने समस्याको रोकथाम र उपचार नेपाल सरकारले पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउँदै जारी गरिएको यो निर्देशिका प्रजनन स्वास्थ्य उपचारमा महिलाहरूको अधिकार स्थापित गराउन एक कोशेढुङ्गा सावित हुनेछ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘पाठेघर खस्ने समस्याको रोकथाम र उपचार सम्बन्धी कार्यविधि निर्देशिका–२०६५’ मा उल्लेख छ ।

    कतिपय महिला सामाजिक बहिष्करणमा पर्ने डरले र कतिपय घरपरिवारको सहयोग नपाउँदा रोग लुकाउन बाध्य रहेको बताउँछन् । चेतनाको अभाव, गरिवी, सामाजिक अपहेलनाको डर ग्रामिण भेगका महिलमा यस्तो समस्या झन् जटिल बन्दै गएको अधिकारीहरुले बताएका छन् । चेतनाको अभाव, गरिवी, सामाजिक अपहेलनाको डर र परिवारको सहयोग नपाउनु जस्ता कारण महिलाहरु रोग लुकाएर बस्न बाध्य भएको अनुभव सुनाउँछिन्, आङ खस्ने समस्याबाट पिडित सासूको उपचार गराइरहेकी दोलखाकी सारदा न्यौपाने भन्छिन्,-“घरपरिवारले कुरा सन्दैनन्, विरामीलाई कहा दुखेको छ, के भएको छ, त्यो वास्ता गर्देनन्, सुन्नेले नसुनेपछि किन सुनाउनु भन्ने हुन्छ, कतिपयलाई तयही भएर पनि भित्रै रोग बढेर समस्या हुने रहेछ , कतिपय त लाजले रोग पालेर बसेका छन्, कसरी देखाउनु, के भन्नु, घरपरिवर, समाजका मान्छेले के भन्ने हुन् की भन्ने डरका कारण रोग पालेर बस्न बाध्य भएको छन् नि गाउँगाउँमा ।”

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वर्षेनी आङ खस्ने समस्याबाट पिडित १४ सयभन्दा बढी महिलाको अप्रेशन हुने गरेको छ । यो समस्याबाट अधिकांश विवाहित र बच्चा जन्माइसकेका महिला बढी पिडित रहेका छन् । आङ खस्ने मुख्य कारक हुन्, बालविवाह र बुहारीको काम । बच्चा भर्खरै जन्माएकी सुत्केरीलाई तङ्ग्रिन पनि नपाउँदै १५ दिनभित्रै घरबारको श्रममा लगाइन्छ ।

    आङ खस्ने समस्याबाट पीडित महिलाहरूले दशकौंसम्म पनि आफ्नो यस्तो शारीरिक विराम लुकाउने गर्छन् । तथ्याड्ढले भन्छ, नेपालका ६-६ प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित छन् । यसको अर्थ १० लाखभन्दा बढी महिला यस समस्याबाट पिरोलिनु हो । त्यसैले पनि यसलाई राष्ट्रव्यापी प्रकोप भन्न मिल्छ । यस्तो समस्या वर्षेनी बढ्दो क्रममा रहेकाले समाधानका लागि थप कदम चाल्नुपर्ने जरुरी रहेको डा। विनोद दंगाल बताउँछन् । सानै उमेरमा विवाह गर्नु, सुत्केरीपछि आराम नगर्ने, गहुँगो काम गर्ने, धेरै बच्चा जन्माउन्, नियमित स्वास्थ्य जाँच नगराउँदा महिलाहरुमा आङ खस्ने समस्या देखिने चिकित्सक बताउँछन् । पाठेघर खस्ने कतिपय महिलाहरु मानसिक तथा शारिरिक रुपमा श्रीमान्बाट समेत पिडित भएर बाँच्न बाध्य भएको महिला अधिकारकर्मीहरु बताउँछन् ।

    मुलुकभर आङ खस्ने अवस्थाबारे सही र पर्याप्त सूचना पुग्न जरुरी छ किनभने पुगिरहेको छैन । यसको उपचार सम्भव मात्र होइन अधिकांश केसमा पूर्णतः निको हुन्छ भन्ने सन्देश दिन पनि उत्तिकै आवश्यक छ । आङ खस्ने समस्या बढ्दो क्रममा रहेको बारे एउटा लेखमा डा। गेहनाथ बरालले बताएअनुसार, एक तिहाइ केसमा मात्र शल्यक्रिया गर्नुपर्छ, त्यसमा पनि धेरैजसो अवस्थामा खसेको आङलाई माथि तानेर गाँसिदिने हो । यसबारे शल्यचिकित्सकहरूलाई प्रशिक्षण दिनुपर्नेमा जोड दिंदै डा। बराल भन्छन्, “थोरै केसमा मात्र हिस्टेरेक्टमी गरेर पाठेघर नै निकाल्नुपर्छ । ८०–९० प्रतिशत शल्यक्रिया सफल हुने गर्छ ।”

    आङ खस्ने अवस्था न पूर्वजन्मको पाप हो, न लाजको विषय । यो त उत्पीडनबाट सिर्जित अवस्था हो, जसबारे समय बितिसक्दा पनि पहिचान, प्रचार र उपचार हुनसकेको छैन । त्यसैले कसैको अभियान, सरकारी आह्वान नकुरिकन आङ खस्ने राष्ट्रिय प्रकोप विरुद्ध आवाज उठाउन जरुरी छ भने यसबारेमा ग्रामिण क्षेत्रसम्म सचेतनामूलक कार्यक्रम गर्न, सूचना प्रवाह प्रवाह गर्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images