images
images
  • फेरि रोके बञ्चरेडाँडाका स्थानीयले काठमाडौँको फोहोर बोकेका गाडी

    काठमाडौँ- काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।

    काठमाडौँ महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।

    महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टराईले बताए ।

    काठमाडौँ महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो । आज बिहानैदेखि फोहोर सङ्कलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडा हिँडेका थिए ।

    फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर सङ्कलन र ढुवानी रोकेको थियो ।

    स्थानीयवासीले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर फेरि उठ्नेमा शङ्का उत्पन्न भएको छ ।

    स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images