images
images
  • आजको मौसम: मनसुन थप सक्रिय हुने, यी प्रदेशमा भारी बर्षा

    काठमाडौं- आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ ।

    दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।

    शुक्रबार देशभर बदली रहनेछ । मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

    नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :

    anuman mausam

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images