काठमाण्डाै– केही दिनदेखि रोकिएको फोहोर काठमाण्डौ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले आज एक सूचना निकालेर भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न अनुरोध गरेको छ ।
बञ्चरेडाँडासम्म फोहोर लैजाने सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो ।
आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाण्डौ महानगरले धन्यवादसमेत दिएको छ । आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















