images
images
  • एक दशकमा टेक्सास बन्यो काठमाडौंकै उत्कृष्ट कलेज

    काठमाडौं- टेक्सास इन्टरनेशनल कलेजले १३ वर्षमा आइपुग्दा शैक्षिक क्षेत्रमा निकै ठुलो फड्को मार्न सफल भएको छ ।

    लगानी र व्यवस्थापन पनि थप सुदृढ हुँदै गएको छ । टेक्सासले अहिले अधिकांश आफ्नै भवनहरुमा पढाई सञ्चालन गरेको छ । यो कलेजले सन् २००९ मा झण्डै ८० जना विद्यार्थी लिएर कक्षा ११ मा पढाई शुरु गरेको थियो ।

    प्ले ग्रुपदेखि युकेजी, कक्षा १ देखि १२, त्रिभुवन विश्वविद्यालयका कार्यक्रम र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम गरी टेक्सासले अहिले एउटा बलियो ‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ निर्माण गरेको छ । कक्षा ११ देखि स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा मात्रै ५ हजार भन्दा धेरै विद्यार्थीले पढ्ने गर्छन् । त्यस्तै ३ सय ५० जना भन्दा धेरै शिक्षक तथा कर्मचारीले टेक्सासमा काम गर्छन् ।

    अध्ययन गर्ने विद्यार्थीहरुलाई विषय छनोटको लागि कलेजले १ दर्जन भन्दा धेरै कोर्षहरु उपलब्ध गराएको छ । जसमध्ये कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायहरु रहेका छन् । त्यस्तै स्नातक तहमा बिएससी सिएसआइटी, बिबिएम, बिएसडब्लू र बिसिए कोर्ष कलेजले सञ्चालन गरेको छ । स्नातकोत्तर तहमा एमबिएस कोर्ष पनि रहेको छ । विद्यार्थीहरुलाई कोर्ष छनोटको प्रयाप्त उपलब्धता भएको कारणले धेरैले टेक्सास रोजेको देखिन्छ । उच्च स्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षकको विषयलाई कलेजले विशेष प्राथमिकतामा राखेको छ ।

    सबै कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था र पढाइमा कागजको कम प्रयोग विधिलाई कलेजले अंगिकार गरेको छ । विद्यार्थीहरुले अध्ययन गर्दा आफ्नो प्रस्तुति अनिवार्य रुपमा प्रोजेक्टरबाट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको कलेजका विजनेस डेभलपमेन्ट डाइरेक्टर नारायण पोख्रेल बताउँछन् । विज्ञान र आइटी पढ्ने विद्यार्थीहरुको लागि पछिल्लो संस्करणको ल्याब स्थापना गरिएको छ ।

    कलेजले प्रत्येक वर्ष कक्षा ११ मा विभिन्न संकायमा गरी ६ सय ५० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ । जसमा ८० जना ए प्लस ल्याएका विद्यार्थीले पूर्ण रुपमा छात्रवृत्ति प्राप्त गर्छन् । ती विद्यार्थीको छात्रवृत्ति कक्षा १२ मा पनि लागू हुने व्यवस्था रहेको र सो छात्रवृत्ति कलेजमा पढ्न आउने विद्यार्थीको ग्रेडका आधारमा प्रदान गर्ने गरिएको पोख्रेलको भनाइ छ ।

    सैद्धान्तिक पढाइलाई भन्दापनि क्षमताको विकासलाई प्राथमिकतामा राख्दै कलेजले विद्यार्थीहरुलाई रिपोर्ट राइटिङको विषय अनिवार्य गराउने गरेको छ । साथै कलेजले राष्ट्रिय परिक्षा बोर्डको कार्यक्रम बाहेक पनि कम्प्युटर कोर्ष, हस्पिटालिटी म्यानेजमेन्ट लगायत विषयमा आफ्नो छुट्टै कोर्षको विकास गरको छ । यी विषयहरु विद्यार्थीले अनिवार्य रुपमा पढ्नु पर्छ । यी विषयहरु पढिसकेपछि विद्यार्थीले व्यवहारिक ज्ञान प्राप्त गर्ने पोख्रेलको भनाइ छ ।

    शिक्षकहरुलाई समसामयिक रुपमा अपडेट गराउन र थप सक्षम बनाउनको लागि कलेजले नियमित तालिम र संकाय वर्कसप गराउने गरेको पोख्रेलले बताए । वर्कसपमा शिक्षकहरुले आफ्नो अनुभव आदानप्रदान गर्ने र एक्सपर्टले आवश्यक प्रशिक्षण दिने गर्दछन् । जसले गर्दा शिक्षकको निरन्तर क्षमता वृद्धि हुने गरेको उनको भनाइ छ ।

    विद्यार्थीहरुलाई निरन्तर कक्षाको साथै कलेजले विभिन्न अतिरिक्त कार्यक्रमहरुको सञ्चालन गरी थप क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउने गरेको पोख्रेल बताउँछन् । उनका अनुसार कलेजले वर्षमा २ वटा ठुला प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । सो प्रतियोगितामा विशेषगरी साइन्स र आइटी पढ्ने विद्यार्थीहरु सहभागी हुने गर्छन् । विद्यार्थीहरुले अध्ययनमार्फत् आफुहरुले सिकेको शिक्षालाई प्रयोगात्मक विधिबाट उक्त प्रतिस्पर्धामार्फत् पदर्शन गर्छन् ।

    कलेजले विद्यार्थीहरुको सिर्जनशिल तथा खोज क्षमतामा वृद्धि गर्नको लागि कलेज भित्र नै इन्क्युभेसन सेन्टर निर्माण गरेको छ । जहाँ विद्यार्थीहरुले नियमित रुपमा खोज तथा अनुसन्धान गर्न सक्छन् । त्यस्तै कलेजले खेलप्रेमी विद्यार्थीहरुको लागि क्रिकेट, एकेडेमी, ब्याडमिन्टन, फुटसल र स्वीमिङ पुलको पनि व्यवस्था गरेको छ ।

    टेक्सास शुरुवात भएको झण्डै १३ वर्षमा यहाँबाट उत्पादित अधिकांश विद्यार्थीहरु रोजगारमा रहेको पोख्रेलको भनाइ छ । उनका अनुसार इन्जिनियर, डाक्टर, उद्यमी, बैंकर्स, कर्मचारी, वैदेशिक लगायत क्षेत्रमा टेक्सासका विद्यार्थीहरु छन् ।

    कलेजले नियमित पढाइको साथसाथै सामाजिक क्षेत्रमा पनि राम्रो काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images