काठमाडौं- न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।
जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् ।
अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।
त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/07/SaRaVa-JaLL-NaYaYaThhaSha-1-.pdf
प्रतिक्रिया दिनुहोस्























