काठमाडौं– नेकपा एकता अभियानका संयोजक वामदेव गौतमको गाडी भैसीपाटीबाट सिंहदरवार तर्फ हुईकियो । सो गाडीमा सचिवालयका कर्मचारी भन्दा अरु कोहि थिएनन् ।
गाडी सरासर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संसदीय दलको कार्यकक्षमा मोडियो । यसबेला सोमबार दिउँसो झण्डै साढे चार बजेको थियो । त्यसपछि गौतम उनको कार्यकक्षमा पुगेर वार्ता गरे । गौतमका स्वकीय सचिव दिपक टमटाका अनुसार यो भेट दुई नेताबीच ‘वान टु वान’ थियो ।
गौतमले भने, ‘मेरो नेता उहाँनै सबैकुरा उहाँलाई सोध्नुहोस् ।’
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
छलफलपछि बाहिरिएका नेकपा एकता अभियान समितिका संयोजक रहेका गौतमले कुनै प्रतिक्रिया दिन मानेन् । उपस्थित सञ्चारकर्मीहरुलाई गौतमले भने, ‘मेरो नेता उहाँनै सबैकुरा उहाँलाई सोध्नुहोस् ।’ तर, प्रचण्डले पनि कुनै प्रतिक्रिया दिएनन् ।























