images
images
  • सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य

    काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) महामारी पुनः बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ । सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।

    अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ । यस्तो सतर्कता बैठक, गोष्ठी तथा सेमिनारमा समेत अपनाउनु पर्ने भएको छ ।

    हेर्नुहोस् सूचनाः

    covid notice

    प्रतिक्रिया दिनुहोस्
    images
    images