images
images
  • डिएचआइ ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा सार्वजनिक

    काठमाडौ- डिएचआइ इलेक्ट्रोनिक्स प्रा.लिले नेपाली बजारमा आफ्नो उपकरणहरु सार्वजनिक गरेको छ । कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो उपकरणहरु सार्वजनिक गरेको हो । कम्पनीले टेलिभिजन वासिङ मेसिन रेफ्रिजेरेटर इन्डक्सन चुलो राइस कुकर एयर कुलर किचन चिम्नी भ्याकुम किल्नर र चेस्ट फ्रिजर लगायतका घरेलु उपकरणहरु सार्वजनिक गरेको छ ।

    देशमा पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा डिएचआइका उर्जा कुशल विद्युतीय उपकरणहरुले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल बताएका छन् ।

    उनले भने, ‘हामीले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौं र हाम्रा ग्राहकहरुको मन पनि जितिरहेका छौँ’

    कम्पनीले देशभर आफ्नो सेवा सन्जाल समेत विस्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images