images
images
  • इन्द्रजात्रामा बालेनको नयाँ अभ्यास, विश्वभरका क-कसलाई दिइयो निम्तो ?

    काठमाडौं- काठमाडौं महानगरपालिकाले  यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि २५ अन्तर्राष्ट्रिय नगरपालिकाका प्रमुखहरुलाई निमन्त्रणा निमन्त्रणा गरिने भएको छ। साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको छ ।

    साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन् ।

    महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयको प्रतिनिधित्व छ ।

    यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र)बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ । यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउनेछन् ।

    महानगरले देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ । डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images