images
images
  • बालकुमारीमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    ललितपुर- ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् ।

    दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

    घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट बस्ने २३ बर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    दुर्घटना पश्चात् जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त सातदोबाटोले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images